राष्ट्रपति काँग्रेसलाई दिन ८ दल सहमत

राष्ट्रपति काँग्रेसलाई दिन ८ दल सहमत


सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली काँग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाका अनुसार शुक्रबार साँझ बसेको बैठकमा राष्ट्रपति सम्बन्धको एउटा मात्र एजेन्डामा छलफल भएको हो । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने निष्कर्षमा पुगेको र गठबन्धनका हिसाबले टर्निङ पोइन्ट जस्तो भएको नेता ज्वालाले बताए । 

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए । 

Skip This
Logo