जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तिब्र

जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तिब्र


जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा जोडले तिबता लिएकाे छ । जसअनुसार खानेपानी , शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरु पढ्ने वातावरण सिर्जना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरुलाई सुरक्षित वातावरणमा गुणस्तरिया शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइ निर्माण गरिएको अभियानका बरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए । 

सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरुमा वडा नम्वर ३ मा २ वटा , वडा नम्वर ५ मा १ वटा र वडा नम्वर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढन योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।

यसैगरी, पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत समेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ । 

विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए ।

 

Logo