प्रधानमन्त्री प्रचण्डलाई ओलीकाे प्रश्न- जनयुद्धको सम्झना छ कि छैन ?

प्रधानमन्त्री प्रचण्डलाई ओलीकाे प्रश्न- जनयुद्धको सम्झना छ कि छैन ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्धको सम्झना छ कि छैन भन्दै प्रश्न गरेका छन्। 

आइतबार शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन ? सहिदका परिवार सम्झनु भएको छ कि छैन ? आफ्नै स्वार्थ, आफ्नै परिवारमात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ ? उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन ? कसका विरुद्ध किन जनयुद्ध चलाउनु भएको थियो ?’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले सहिद, घाईते परिवारलाई समेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताए । प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको उनको भनाई थियो । 

‘उहाँ बोल्नु हुन्छ, भाषा बेग्लै गर्नु हुन्छ । काम अर्कै । हेर्नु देब्रेपटि हुन्छ, निशाना दाहिने पटि हुन्छ । अस्तीका दिनसम्म पनि मसँग छकाउने भाषा, यद्धपि मैले पुष्पकमल दाहाललाई नचिनेको होइन । तर मैले सुनिरहे उहाँको कुरा । उहाँले मलाई छकाई रहनु भयो । उहाँ हातमा चक्कु लिएर बस्नु भएको थियो । तर मलाई भन्नु भयो–फूल लिएर बसेको छु’ उनले भने । 

Logo