माघ मसान्तसम्म ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात

माघ मसान्तसम्म ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात


चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ७१ हजार २२५ युनिटमात्र मोटरसाइकल स्कुटर आयात भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव र उच्च ब्याजदरका कारण यो वर्ष मोटरसाइकल र स्कुटरको आयात निकै कम हुने देखिएको हो । 

भन्सार विभागको तथ्यांकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल १ लाख ८९ हजार ९२७ युनिट मोटरसाइकल/स्कुटर आयात भएको थियो । जुन यो वर्षको ७ महिनामा ६३ प्रतिशत हाराहारीले घटेको देखिन्छ । 

माघ महिनासम्म ४८ हजार ७६८ युनिट १२५ सीसीसम्मका मोटरसाइकल भित्रिएका छन् । जसमध्ये ११ हजार ३०२ अनएसेम्वल्ड र ३७ हजार ४६६ युनिट एसेम्वल्ड अवस्थामा भित्रिएका हुन् ।

विभागका अनुसार १२५ देखि २०० सीसी सेग्मेन्टमा १९ हजार ५४४ युनिट, २०० देखि २५० सीसी सेग्मेन्टमा जम्मा १ हजार ९८१ युनिट, २५० देखि ५०० सीसी सेग्मेन्टमा अनएसेम्वल अवस्थामा १३२ युनिट मोटरसाइकल तथा स्कुटर आयात हुँदा २५० देखि ४०० सीसी सम्ममा ८०० युनिट एसेम्वल अवस्थामा आयात भएको छ । 

Logo