४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

बदनाम बन्दै डाक्टर उत्पादन गर्ने थलो

1
1
1
1
1
1

काठमाडौं,

डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज अहिले आन्दोलनले थला परेको छ । मेडिकल कलेजले विद्यार्थीबाट करोडौं रुपैयाँ अतिरिक्त शुल्क लिएपछि विद्यार्थीहरूले विकल्पको रूपमा सडक रोजेका छन् । देशभर सरकारी र निजी गरी २२ मेडिकल कलेज छन् ।

आन्दोलनकै कारण देशभरका प्रायः मेडिकल कलेजमा पठनपाठन प्रभावित बनेको छ भने चारवटा मेडिकल कलेजको पढाइ ठप्प छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र कास्कीस्थित गण्डकी मेडिकल कलेजमा पठनपाठन हुन सकेको छैन ।

सरकारले दिएको अल्टिमेटम सोमबार सकिँदैछ । सोमबारसम्म शुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णय अनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रवक्ता हरि लम्सालले तोकिएको भन्दा बढी शुल्क असुल्न नमिल्ने बताए ।

देशभर रहेका १२ मेडिकल कलेजले २ अर्ब ८५ करोड रुपैयाँ ठगी गरेको निष्कर्ष निकालिसकेको छ । ती मेडिकल कलेजमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सूक्ष्म अध्ययन अघि बढाएको छ । सरकारले पटकपटक अतिरिक्त शुल्क असुलेका मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउन भने पनि कार्यान्वयनमा आउन सकेको छैन ।

कास्कीको गण्डकी मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन ११ दिनदेखि जारी छ । तालाबन्दीका कारण पढाइ हुन सकेको छैन । गत फागुनदेखि शुल्क फिर्ता माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।

पटकपटक शुल्क फिर्ता गर्ने सहमतिमा आन्दोलन स्थगित भए पनि विद्यार्थीले कलेजले लिएको बढी रकम पाएका छैनन् । विद्यार्थीको आन्दोलनकै कारण चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमले लिने वार्षिक परीक्षा पनि स्थगित गरिएको छ । २० कात्तिकदेखि सुरु हुनुपर्ने परीक्षा एक महिना पर सारिएको हो ।
राजधानीबाट

प्रकाशित: ८ मंसिर २०७६ ०९:२६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी