आजबाट अनुपम मलकाे सिके सिनेमाज् सञ्चालनमा, चले छड्के २ र छक्का पञ्जा -४

आजबाट अनुपम मलकाे सिके सिनेमाज् सञ्चालनमा, चले छड्के २ र छक्का पञ्जा -४


शुक्रबार अर्थात आजबाट सितापाइलास्थिति अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ ।

सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघिय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए । प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरिएको थियो ।

No description available.हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा भएकाले शहरमा मात्रै होइन् गाउँ गाउँमा सिनेमा हल खोल्नु पर्छ । साथै प्रमुख अतिथि केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सवै उत्साहित भएको उल्लेख गरे । 

यस्तै, काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेको सम्पुर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिए । आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गुर्नु पर्छ । त्यसले सिनेमा हल सवैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सुरक्षा गर्नुपर्ने बताए ।

No description available.

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए । बिहीवार हल सञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फुलबारी देखाइएको थियो । दुई पर्दा रहेको सिके सिनेमाज् मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।

Logo