रोनाल्डो आवद्ध अल नासरको सहज जित

रोनाल्डो आवद्ध अल नासरको सहज जित


साउदी प्रो लिगमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अल नासरले अल बातिनलाई ३–१ गोल अन्तरले हराएको हो ।

खेलमा सुरुवाती अग्रता अल बातिनले लिएको थियो । खेलको १७ औं मिनेटमा बातिनका लागि रेन्जो लोपेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।  त्यसपछि नासरले खेलको इन्जुरी समया गोल गरेको हो । नासरका लागि इन्जुरी समयको तेस्रो मिनेटमा अब्दुलरहमान गारेबले गोल गर्दै टिमलाई बराबरीमा ल्याए।

इन्जुरी समयको १२ औं मिनेटमा मोहमद अल फातिलले गोल गर्दै अल नासरलाई २–१ गोलको अग्रता दिलाए । इन्जुरी समयको १४ औं मिनेटमा मोहमद मारनले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए ।

जितसँगै अल नासरले लिगमा १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित अल बातिन ६ अंक जोडेर तालिकाको पुछारमा छ ।

Skip This
Logo