ओपनर कुशलले यूएईविरुद्धको खेल गुमाए

ओपनर कुशलले यूएईविरुद्धको खेल गुमाए


नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेल गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ । कुशलको स्थान सन्दीप जोरालाई राखिएको क्यानले जनाएको छ ।

कुशलले सिरिजको पछिल्लो तीन खेलमा एक खेलमा अर्धशतक बनाउँदा दोस्रोमा ५ रन बनाउँदा तेस्रो खेलमा डक आउट भएका थिए । 

Logo