बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा


भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनको १० औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्स र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुगेका छन् । 

डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तरराष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जलि अर्पण गर्न  कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी हुनुहुन्छ । उहाँले  चाभेजको बारेमा बोल्दै भने,“महान मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासत मध्ये एक रहेको बताउदै उहाँले आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैंक अफ द साउथ महत्त्वपूर्ण छन् ।” 

यसैबीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरू विरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गरेका छन् । सन् २०१३ मार्च ५ मा निधन भएका चाभेजको सम्झनामा हजारौं भेनेजुएलावासीहरूले आइतबार  घर बाहिर निस्किएर हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । -सिन्ह्वा

Logo