वडाअध्यक्ष र वडासचिव घुससहित पक्राउ

वडाअध्यक्ष र वडासचिव घुससहित पक्राउ


जनकपुरधाम उपमहानगरपालिका-११ का वडाअध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए । उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो । उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो ।

Logo