१० दिनकाे पैदल यात्रापछि काठमाडौँ आइपुगे मिटरब्याजी पीडित

१० दिनकाे पैदल यात्रापछि काठमाडौँ आइपुगे मिटरब्याजी पीडित


१० दिनको पैदल यात्रापछि मधेसका मिटरब्याजी पीडितहरू आइतबार काठमाडौँ आइपुगेका छन् । 

गत चैत २ गते महोत्तरीको बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित चन्द्रनिगाहपुर, हेटौडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११ औं दिनमा उपत्यका प्रवेश गरेका हुन् । 

आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्रीसमक्ष माग सुनाउन भन्दै उनीहरू काठमाडौँ आइपुगेका हुन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

आइतबार उनीहरू मातातीर्थको कुण्ड नजिकै रहेको पौवामा बसेका छन् ।  आफ्ना माग पुरा नभएसम्म अब घर नफर्कने उनीहरूको भनाइ छ । 

Logo