पर्वतमा प्रभावकारी भएन किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा

पर्वतमा प्रभावकारी भएन किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा


पर्वतमा किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन् । 

गत वर्षदेखि जिल्लका १३  स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो ।  विभिन्न समस्यामा परेका किशोर-किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिए पनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो ।

पछिल्लो समय किशोर–किशोरीमा मानसिक समस्या, लागुऔषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्याको समस्या बढ्दै जाँदा समाजमा विभिन्न घटना घट्दै गएका छन् । स्वास्थ्य संस्था र विद्यालयको बीच आवश्यक समन्वय र सहकार्य नहुँदा पनि किशोर–किशोरीमा यस्ता समस्या बढ्दै गएको स्वस्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए । 

उचित समयमा परामर्श भएमा खतराबाट मुक्त हुन सक्ने परामर्शताको भनाइ रहेको छ । जिल्लामा हाल १० देखि १९ वर्षसम्मका करिब २१ हजार किशोर–किशोरी रहेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा २० वर्षमुनिका आठजनाले आत्महत्या गरेका छन् भने दुई जना लागुऔषधमा पक्राउ परेका छन् ।

त्यसैगरी जिल्ला अस्पतालको तथ्याङ्कअनुसार २० वर्षमुनिका २६  किशोरीले गर्भपतन सेवा लिएका छन् । किशोरीलाई घरपरिवारबाट समय मानै उचित परामर्श सेवा सेवा दिनसकेमा पनि केही समस्या घट्न सक्ने स्वास्थ्य कार्यालयको भनाइ रहेको छ ।

किशोर-किशोरीको भविष्यसँग जोडिएको स्वास्थ्य सेवामा अन्य सङ्घसंस्थाको भूमिकासमेत न्यून रहेको पाइएको छ । विभिन्न सङ्घसंस्थाले यो कार्यक्रमलाई प्रभावकारी गराउन पहल गरेमा किशोर-किशोरीमा देखिने समस्य तथा हुनसक्ने घटना न्यूनीकरण हुने जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले बताए । 

स्वास्थ्य कार्यालयले आयोजना गरेको किशोर–किशोरीमैत्री स्वस्थ्य सेवा समीक्षा कार्यक्रममा उहाँले किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम गाउँ तहसम्म पु-याउनुपर्ने तथा विशेष गरी विद्यालयमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

किशोर-किशोरीलाई सेवा दिँदा गोपनीयता र विश्वसनीयताको अभावमा पनि कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै सेवा प्रदान गर्दा संवेदनशील हुनपर्नेमा जोड दिए। उनले आगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

Logo