आयरल्यान्डमाथि फ्रान्सको संघर्षपूर्ण जित

आयरल्यान्डमाथि फ्रान्सको संघर्षपूर्ण जित


विश्व उपविजेता फ्रान्सले युरो २०२४ को छनोटमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको छ ।

फ्रान्सले घरेलु टोली आयरल्यान्डमाथि १–० को जित निकालेको हो ।अघिल्लो खेलमा नेदरल्यान्ड्समाथि ४–० को जित निकाल्दा सानदार प्रदर्शन गरेको फ्रान्सले आयरल्यान्डविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि निकै नै फितलो खेल पस्केको थियो ।

 एभिभा स्टेडियम डब्लिनमा सोमबार राति भएको खेलमा फ्रान्सको जितमा दोस्रो हाफमा डिफेन्डर बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । उनले ५०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

खेलको अन्त्यतिर भने दवाव झेलेको फ्रान्सलाई गोलरक्षक माइक मेइकनानले दुई सुन्दर बचाउँ गर्दै टोलीलाई खेलमा कायम राखे ।अन्तत पाभार्डको त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।

यस जितसँगै समूह ‘बी’ मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो खेल खेलेको आयरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

Logo