सनराइज बैंक लफडाः सञ्चालक समितिमा गुटबन्दी, चेपुवामा सिइओ

सनराइज बैंक लफडाः सञ्चालक समितिमा गुटबन्दी, चेपुवामा सिइओ


काठमाडौँ  । सनराइज बैंकको लफडा उत्कर्षमा पुगेको छ । सञ्चालक समितिमा भएको विवादका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेललाई राजीनामा दिन दबाव परेको थियो ।

सो समस्या पार लगाउन नसकेपछि राष्ट्र बैंक पुगेका संचालक समितिलाई राष्ट्र बैंकले संझाइ बुझाई गरी पठाएको छ । नियमन विभागका प्रमुख देवकुमार ढकालले संचालकहरुसँग छलफल गरेका थिए । सो छलफलमा संचालकहरुले सिइओ पौडेलले आँफुहरुलाई नटेर्ने तथा मनोमानी ढंगले बैंक चलाएको बताएका छन् ।

राष्ट्र बैंकले भने मिलेर जानुपर्छ भन्दै सम्झाई बुझाई पठाएको छ । राष्ट्र बैंकले छलफलका लागि सिइओ शर्मालाई पनि बोलाउने भएको छ । दुवै पक्षको कुरा सुनेपछि मात्रै निकर्षमा पुग्ने राष्ट्र बैंक स्रोतको भनाई छ ।

सञ्चालक समितिमा भएको गुटबन्दीका कारण सिइओ पौडेल चेपुवामा परेका हुन् । अहिले बैंकमा मोतिलाल दुगड अध्यक्ष छन् । अध्यक्ष दुगड र सिइओ शर्माको सम्बन्ध राम्रो छ । तर, मालचन्द्र दुगड मोतिलाल दुगडलाई हटाएर आफू अध्यक्ष बन्न चाहन्छन् । दुगड दाजुभाईको सो झगडाका कारण सिइओ पौडेल चेपुवामा परेका हुन् ।

Logo