नेपाल भित्रिएको २५ वर्षमा बजाजका कति मोटरसाइकल बिक्री भए ?

नेपाल भित्रिएको २५ वर्षमा बजाजका कति मोटरसाइकल बिक्री भए ?


नेपाली बजारमा २५ वर्षको अवधिमा ८ लाख भन्दा बढी बजाज मोटरसाइकल बिक्री भएका छन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सन् १९९८ मा बजारमा भित्र्याएको बजाज मोटरसाइकल हालसम्म ८ लाख युनिट भन्दा बढी बिक्री भएको हो । 

कम्पनीका अनुसार सो अवधिमा ८ लाख मोटरसाइकलमध्ये सबैभन्दा बढी रुचाइएको मोडलमा पल्सर परेको छ । ३ लाख भन्दा बढी युनिट पल्सर नेपाली बजारमा बिक्री भएका छन् । 

सो अवसरमा हंसराज हुलासचन्द एन्ड कम्पनीका डाइरेक्टर अभिमन्यु गोल्छाले ८ लाख सन्तुष्ट ग्राहकलाई सेवा दिन पाएकोमा खुशी व्यक्त गर्दै अझै थप २५ वर्ष यसरी नै सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 

शोरुम, वर्कशप लगायतका नेटवर्क स्थापना गरेर ग्राहकसँग नजिकिएको कारण नै बजाज सबैको प्रिय बनेको उनको भनाइ छ । जोमसोम, जुम्ला जस्ता विकट स्थानदेखि तराईका विभिन्न स्थानमा बजाजका वर्कशप उपलब्ध छन् ।

बजाजले नेपालकै पहिलो मोटरसाइकल टीभी रियालिटी शो ‘पल्सर डेयर भेन्चर’ आयोजना गर्नुका साथै फुटबल, क्रिकेट लगायतका सामाजिक क्षेत्रमा समेत कार्य गरिरहेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई सहयोग गरेको छ भने हुलास फिनसपमार्फत ग्राहकलाई सहज फाइनान्सको सुविधा उपलब्ध गराइरहेको गोल्छाले बताए । 

Logo