स्वर्णिमप्रति नेता कोइरालाको कटाक्षः अवसरवादीहरुबाट जोगिनुहोस्

स्वर्णिमप्रति नेता कोइरालाको कटाक्षः अवसरवादीहरुबाट जोगिनुहोस्


नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन् । 

शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष बताएका हुन् ।  

उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’
 
साथै नेता कोईरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्नपनि शुभकामना व्यक्त गरे । 

Logo