राजु परियार र टीका पुनको स्वरमा तीज गीत ‘आँगनीमा’ सार्वजनिक (भिडियोसहित)

राजु परियार र टीका पुनको स्वरमा तीज गीत ‘आँगनीमा’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

चर्चित गायक राजु परियार, गायिका टीका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तीज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तीज गीत ‘आँगनीमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको छ । पार्श्व स्वर स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । अभिनयमा सारिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, गीताञ्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ती रतालाको रहेको छ । यसमा सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहकको रहेको छ ।

बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ जीवन बडु, रेकर्डिस्ट मनोज डङ्गोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो :

 

 

Logo