प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने देशले दुष्प्रभाव पनि भित्र्याए -सीपी मैनाली

प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने देशले दुष्प्रभाव पनि भित्र्याए -सीपी मैनाली


नेकपा मालेका महासचिव सीपी मैनालीले मुलुकमा २०४६ सालको परिवर्तनसंगै विदेशी हस्तक्षेप पनि भित्रिएको बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित दिशानिर्देश प्रेस क्लबको २०औं बार्षिकोत्सव समारोहमा महासचिव मैनालीले परिवर्तनका लागि आन्दोलन पक्षधरलाई सहयोग गर्ने देशले नेपालमा दुष्प्रभाव पनि भित्र्याएको दावी गरेका हुन् । उनले गणतन्त्रको नाममा भइरहेको ब्लकबन्दी र गुटवन्दीले यसलाई बदनाम बनाइरहेको बताए । 

उनले भने, ‘बोतल नयाँ र रक्सी पुरानै हो । २,४ जनाले त ३० दिनभित्र ऐनलाई कुल्चेर गृहमन्त्री हुन्छु समेत भनेका थिए । नयाँ बोतलले मान्छेले गर्न नहुने नेपाली नागरिकको जैविक र पर्सनल डाटाहरु विदेशी कम्पनीलाई संकलन गर्ने दायित्व दिन्छ । मेरै कानले सुनेको हो । नयाँ बोतलको साथीले प्रधानमन्त्री पनि हुन्छु भन्यो र त्यसको १ दिनपछि गृहमन्त्री हुन्छु भन्यो र १ दिन पछि त्यही पद पाए ।’ 

उनले देशका लोभी नेताहरु पैसाको लालचमा आएर बिक्दा यसले भविष्यमा नेपाल ठूलो खतरामा पर्ने समेत दावी समेत गरेका छन् । 

महासचिव मैनालीले गणतन्त्र आएपछि नेपालले भारतसंग गरेको सम्झौताले देशमा ठूलो क्षति पुर्याएको चर्चा पनि गरे । 

Skip This
Logo