शो नपाएपछि २ दिनमै हलबाट बाहिरियो ‘बुलाकी’

शो नपाएपछि २ दिनमै हलबाट बाहिरियो ‘बुलाकी’


प्रदर्शन भएको २ दिनमै चलचित्र ‘बुलाकी’लाई निर्माण टिमले हलबाट उतारेको छ।चलचित्रको शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता टोपेन्द्र विष्टले हलबाट उतार्ने निर्णय गरेका हुन्।

‘हलबाट राम्रो प्रतिक्रिया पाउँदा पाउँदै पनि हल व्यवसायीले गरेको अपहेलना, प्राप्त सबै शो अफटाइम,  मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको,’ निर्माण टिमको गुनासो छ, ‘चलचित्र प्रदर्शन भएको दोस्रो दिन ७० प्रतिशत शोक कटौती गरेको, फस्र्टलुक पोस्टर सार्वजनिकदेखि टिजर ट्रेदर र गीत सार्वजनिक भइसक्दा प्राप्त हाइपलाई बेवास गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भ्रूण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शो उपलब्ध गराएको छ।’

फिल्मलाई दर्शकको मागअनुसार प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने निर्माण टिमले जनाएको छ। 

Logo