वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

Logo