२९, भदौ, भैरहवा
हावाहुरीले भैरहवामा करोडौं रुपैयाँको केरा खेती नष्ट भएको छ । मंगलबार राति आएको हावाहुरीका कारण जिल्लाको मायादेवी गाउँपालिका वडा–६ मा लगाइएको करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । केरा खेतीबाट राम्रै आम्दानी देखेपछि रूपन्देही मायादेवी गाउँपालिकाका अवधराज यादवले १० बिघा जमिनमा २० हजार केराका बोट लगाएका थिए । नगदेवालीका रूपमा रहेको केरालाई आफ्नो मुख्य पेसा बनाएका यादवले हावाहुरीका कारण ठूलो नोक्सान बेहोरेका छन् । हावाहुरी सहितको वर्षाले उनी जस्तै रूपन्देहीको बेथरीमा रहेका १ सय बढी किसान पनि समस्यामा परेका छन् ।
राजधानीबाट
प्रकाशित: २९ भदौ २०७४ ०५:५३ बिहीबार