आइएमई पेबाट इन्सुरेन्सको बीमा नविकरण गरे शतप्रतिशत क्यासब्याक जित्ने मौका

आइएमई पेबाट इन्सुरेन्सको बीमा नविकरण गरे शतप्रतिशत क्यासब्याक जित्ने मौका


“आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब घरमै बसेर सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।

आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन्, सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्ने कम्पनीले जनाएको छ । 

लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई मुक्त गरी सजिलै बीमा नविकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराइएको हो । 

साथै नव वर्ष २०८० को उपलक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीले जनाएको छ । 

Logo