भुलेर पनि बाथरुममा नराख्नुस यी चिज, तपाईंलाई कंगाल बनाउँछ !

भुलेर पनि बाथरुममा नराख्नुस यी चिज, तपाईंलाई कंगाल बनाउँछ !


सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ। वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ। साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ । मानिस सधैं चिन्तित हुन्छ। समस्या हटेको देखिँदैन । 

त्यसैले ज्योतिषशास्त्रले वास्तु नियमहरू पालना गर्न सल्लाह दिन्छन् । घरको बाथरुमका लागि पनि वास्तु नियमहरू पालना गर्न आवश्यक छ। बाथरुमबाट नकारात्मक ऊर्जा बढी उत्पन्न हुने विश्वास गरिन्छ । यसका लागि भुलेर पनि बाथरुममा तल उल्लेखित चिजहरु नराख्नुहोस् । यसले वास्तु दोष निम्त्याउँछन्।

अब यसाे गर्नुहाेस: 

– वास्तु विज्ञहरुका अनुसार भिजेको कपडा बाथरुममा छाड्नु हुँदैन । यसो गर्दा वास्तु दोष हुने देखिन्छ। यसका साथै घरमा नकारात्मक ऊर्जाको आगमन हुन्छ । यसका लागि बाथरुममा भिजेको कपडालाई कहिल्यै नछोड्नुहोस् ।

-च्यातिएकाे चप्पल बाथरुममा राख्नाले वास्तु दोष हुन्छ । ज्योतिषीहरुका अनुसार बाथरुममा फुटेको चप्पल राख्नाले कुण्डलीमा शनिको स्थिति बिग्रन्छ । जसका कारण मानिसले नराम्रो समयबाट गुज्रनुपर्ने हुन्छ । यससँगै धनकी देवी लक्ष्मी पनि क्रोधित हुन्छिन् ।

– वास्तु शास्त्रका अनुसार बाथरुममा प्लास्टिकका टुक्राहरू कहिल्यै नराख्नुहोस्। यसो गर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि बाल्टिन वा मग फुटेको छ भने, यसलाई तुरुन्तै बाहिर फाल्नुपर्छ।

– प्रायः महिलाहरु नुहाएर झरेको कपाल बाथरुममा राख्छन् । यस्तो पटक्कै नगर्नुहोस्। वास्तुशास्त्रमा यसो गर्न निषेध गरिएको छ। झरेको कपाल बाथरुममा राख्नु वास्तु दोष मानिन्छ । जसका कारण मानिसले आफ्नो इच्छा अनुसार जीवनमा प्रगति गर्न सक्दैन ।

Logo