सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज पनि ५ सयले बढ्यो

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज पनि ५ सयले बढ्यो


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढ्नेक्रम निरन्तर छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन बुधबार १३ सयले बढेको थियो ।

आज ५ सयले बढ्दै सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन ९४ हजार ५ सय र तेजावी सुन तोलामा ९४ हजार ६५ रुपैंयाँमा कारोबार भएको छ ।

चाँदीमा पनि आज प्रतितोला १० रुपैंयाँले बढेको छ । आज चाँदी १ हजार १४५ रुपैयाँमा कारोबार भएको छ ।

Logo