ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु


ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागेर  एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । 

मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ । दोर्चीका बुवा र आमा घाइते छन्। तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए ।

Logo