दार्चुलाको हिमपहिरोमा बेपत्ता पाँच जनाको खुल्यो पहिचान

दार्चुलाको हिमपहिरोमा बेपत्ता पाँच जनाको खुल्यो पहिचान


दार्चुलाको व्याँस गाउँपालिका-१, भोलुनमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको पहिचान खुलेको छ । हिमपहिरोमा परी मंगलबार दिउँसो पाँचजना बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा दार्चुलाको दुँहु गाउँपालिका–४ की ३६ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर,डोटीको जोरायल गाउँपालिका-२, बुडरकी ४५ वर्षीया नक्की डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी साम्मो थापा बेपत्ता भएका छन् । 

 बेपत्ता भएकाहरूको खोजी कार्यका लागि सशस्त्र र नेपाल प्रहरीको एक टोली मंगलबार नै त्यसतर्फ पुगिसकेको छ भने उद्धारका लागि अर्को टोली पनि पठाइएको छ । हिमपात परिरहेका कारण उद्धारमा समस्या भएको जनाइएकाे छ ।  १२ जनाको समूहमा यार्सा टिप्न पुगेकामध्ये पाँचजना बेपत्ता भएका हुन् ।

Skip This
Logo