३ कात्तिक २०७८ बुधबार

0 Shares

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं ।

मंगलबार सरकारबाट अलग भएको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै सरकारले यतिखेरका लागि दुई तिहाइ बहमतको हैसियत गुमाएको छ । प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना सांसद छन् । दुईतिहाइ पुग्‍न १८४ जना सांसद आवश्यक पर्छ तर नेकपासँग १७४ सांसद छन्।

समाजवादी पार्टी १९ महिना अघि सरकारमा सहभागी भएको थियो । हिजो मात्र पार्टीबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिएका थिए ।

प्रकाशित: ९ पुष २०७६ १५:१७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी