भिभो भी२७ सिरिज नेपाल भित्रिँदै, यस्ता छन् विषेशताहरु

भिभो भी२७ सिरिज नेपाल भित्रिँदै, यस्ता छन् विषेशताहरु


चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले भी २७ सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले भी २७ र भी २७ ई चाँडै नेपाली बजारमा ल्याउने जनाएको हो ।

नयाँ भी २७ सिरिजमा आकर्षक डिजाइन, शक्तिशाली पर्फर्मेन्स र स्मार्टफोनको अनुभव वृद्धिका लागि विशेष अपग्रेडहरू रहेको निर्माण कम्पनीले जनाएको छ ।

यस्ता छन्, स्मार्टफोन भिभो भी२७ का विषेशताहरु 

१. भी २७ मा १२० हर्ज रिफ्रेश रेट भएको कर्भ स्क्रिन र पातला बेजल रहेका छन्। 
२. २४००X१०८० रेजोलुसन डिस्प्ले रहेको भी २७ मा डाइमेन्सिटी ७२०० (एनएम) प्रोसेसर राखिएको छ । जसमा १२ जीबी -याम तथा २५६ जीबी स्टोरेज रहेको छ ।
३. तीन ओटा क्यामेरा राखिएको यो फोनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ । 

४. भी २७ ई मा २.५ डी स्क्रिनका साथै १२० हर्ज रिफ्रेश रेट सहितको एमोलेड डिस्प्ले समावेश छ ।  

Logo