१५ माघ २०७८ शनिबार
1
1
1

स्वच्छ र गुणस्तरीय खानेपानीमा सबै नेपालीको पहुँच सुनिश्चित हुनुपर्ने

1
1
1
1
1
1
1
1
1

काठमाडौँ ।

सांसदहरुले स्वच्छ र गुणस्तरीय खानेपानीमा सबै नेपालीको पहुँच सुनिश्चित् हुनुपर्नेमा जोड दिएका छन् । ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि छलफल गर्न बुधबार बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा उनीहरुले खानेपानीको पहुँच विस्तारसँगै गुणस्तरको कुरा समेट्नुपर्ने बताए ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खानेपानीमा सबै नागरिकमा समान विस्तार गर्न मन्त्रालय लागिपरेको बताइन् । फोहरमैला व्यवस्थापनका विषयमा मानव मलमूत्रको भूमिगत र अरु फोहर सतही व्यवस्थापन गरिँदै जाने उनको भनाइ थियो । उनले भनिन्, “मन्त्रालयको क्षमता अनुसार एकै पटक हामी सबै फोहर भूमिगत व्यवस्थापन गर्न सकिहाल्ने अवस्थामा छैनौँ ।”

मन्त्रालयका सचिव माधव बेल्वासेले विधेयकमा ‘गुणस्तरीय’ शब्द राखिएकाले त्यसभित्रै सुरक्षित खानेपानीको अवधारणासमेत समावेश हुने बताए । सुरक्षित शब्दले पानीमा ‘ब्याक्टेरिया’ नभएको भन्ने अर्थ दिने भए पनि गुणस्तरीय भन्नाले पानीमा हुनुपर्ने आवश्यक तत्व रहेको भन्ने बुझिन्छ । विधेयकले खानेपानीको पहुँच विस्तारसँगै गुणस्तरको सुनिश्चित गर्ने उनको भनाइ थियो ।

समितिका सभापति कल्याणीकुमारी खड्काले खानेपानी व्यक्ति, परिवार र स्थानअनुसार फरक परिमाणमा आवश्यक पर्नसक्ने बताइन् । समितिका सदस्य जीवनराम श्रेष्ठले सार्वजनिक स्थानमा जो कोहीले धारा निर्माण गर्न सक्ने भए पनि त्यसको जिम्मेवारी सरकारको हुनुपर्ने बताए । समितिका सदस्य बिनाकुमारी श्रेष्ठले खानेपानीमा सबैको सहज र सुलभ पहुँच विस्तार हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित: १० पुष २०७६ ०८:३४ बिहीबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी