ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटन होव अल्वियोनसँग पराजित हुन पुगेको छ ।

युनाइटेड घरेलु टोली ब्राइटनसँग १-० ले पराजित भएको हो। ब्राइटनले इन्जयुरी समयमा गरेको पेनाल्टी गोलका कारण म्यानचेस्टर पराजित हुन पुगेको हो । 

कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि सुरु देखी दवाव राखे पनि पहिलो र दोस्रो हाफको अन्तिमसम्म कुनै गोल गर्न सकेन ।

तर, इन्जयुरी समयमा पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगे पछि रेफ्रीले ब्राइटनलाई पेनाल्टी दिएका थिए । अन्तिम समयमा आएको सो मौकामा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरएले निर्णायक गोल गरे र ब्राइटन बिजयी हुन सफल भयो ।

यस जितसँगै ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौँ स्थानमा छ भने एक खेल बढी खेलेको पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौँथों स्थानमा छ ।

Logo