२३ असार २०७९ बिहीबार
1
1
1
1

भन्सार छलेर ल्याएकोे सामानसहित दुई जना पक्राउ

1
1
1
1

काठमाडौँ ।

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाको नाम, ठेगाना खुलाएको छैन । पक्राउ परेकासँग प्रहरीले ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, १५ लाख ७७ हजार नगद, पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको छ ।

प्रकाशित: ११ पुष २०७६ ०७:५७ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी