मन्त्रिमण्डल हेरफेर : काँग्रेसका आचार्य महिला बालबालिका मन्त्रालयकाे जिम्मेवारीमा, खानेपानीमा महिन्द्रा रायको सरुवा

मन्त्रिमण्डल हेरफेर : काँग्रेसका आचार्य महिला बालबालिका मन्त्रालयकाे जिम्मेवारीमा, खानेपानीमा महिन्द्रा रायको सरुवा


 प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् । 

आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन्। त्यसैगरी यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउने छन् ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफनौं ९ औं पटक मन्त्रीपरिषद विस्तार गरेका थिए । जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् ।

Logo