प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन


प्रतिनिधिसभाको आजको बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ । 

बैठकले सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई सदस्य मनोयन गरेको हो ।
 
सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत उक्त नामावली मनोनयसम्बन्धी प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो । बैठकमा सभामुख घिमिरेले यही वैशाख १९ गते सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशन गरिएको सम्बन्धमा जानकारी गराएका थिए । 

Logo