बुटवल पावरको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो

बुटवल पावरको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो


बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँबाट अहिले १२.८९ प्रतिशतले वृद्धि भएको छ ।

विद्युत बिक्रीबाट गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिले घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँमा आएको छ। कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ। 

यस्तै, वित्तीय आम्दानी पनि ७ करोड ३५ लाख रुपैयाँबाट बढेर ८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६० करोड १७ लाख ८८ हजार रुपैयाँ रहेको छ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा छ। गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा छ।

Logo