चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने

चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह गरेको छ।  टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र  जरिवाना हुने स्पष्ट गरेको छ । 

सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। 

कम्पनीहरूले गरेको उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ । 

Logo