अघि बढ्यो वायुसेवा निगमको जहाज किन्ने प्रक्रिया

अघि बढ्यो वायुसेवा निगमको जहाज किन्ने प्रक्रिया


नेपाल वायु सेवा निगमले तीन वटा जहाज किन्ने प्रक्रिया अघि बढेको छ । जहाज खरिद सम्भावना अध्ययन उपसमितिले तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएसँगै निगमले जहाज खरिदको प्रक्रिया अघि बढाएको हो ।

वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको सञ्चालक समितिले २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गरेपछि जहाज खरिद प्रक्रियाले औपचारिकता पाउने निगमले जनाएको छ ।

निगमले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका एयरपोर्ट (ट्रङ्क रुट)मा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको छ ।

Logo