११ असार २०७९ शनिबार
1
1
1
1

सीमा समस्या : भारतसँग बार्ता गर्न सरकारले छिट्टै मिति तोक्ने परराष्ट्र मन्त्रीको दाबी

1
1
1
1

काठमाडौं ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताएका छन् ।

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सीमा समस्या समाधानका लागि भारतसँग बैठक बस्न नयाँ मिति तोक्न लागेको जानकारी दिएका हुन् । उनले नोभेम्बर २३ मा औपचारीक पत्र पठाई बैठक बस्न मिति दिएकोमा भारतले समस्याको अनुभुति र समाधानको तत्परतासहित जवाफ पठाएको भन्दै अब सरकारले नयाँ मिति तोक्न गृहकार्य सुरु गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीले सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुने समेत बताए । उनले सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्न भारत तत्पर रहेको समेत बताएका थिए । त्यस्तै मन्त्री ज्ञवाालीले आर्थिक वर्ष २०७५/०७६ मा सरकारले दुवै छिमेकीहरुसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको बताए । उनले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पुरा गर्न सरकार अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको समेत बताए ।

प्रकाशित: १४ पुष २०७६ १८:२९ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी