भ्रष्टलाई रास्वपामा स्थान छैन, अन्य दलले पनि यही गरुन् -रवि लामिछाने

भ्रष्टलाई रास्वपामा स्थान छैन, अन्य दलले पनि यही गरुन् -रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भ्रष्टहरुका लागि कुनै स्थान नरहेको दाबी गरेका छन् । 

काठमाडौंको माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टहरुलाई कुनैपनि स्थान नदिने र अन्य पार्टीले पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे । 

उनले भने, ‘भ्रष्टहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि स्थान छैन् । अन्य राजनीतिक दलहरुले पनि यही गरुन् भन्ने चाहान्छु ।’

शनिबार बिहानैदेखि स्वतस्फूर्त रुपमा सहभागी भएकाहरुले भ्रष्टाचारी विरुद्ध चर्का नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डेलगायत सहभागि थिए । 

Logo