भुटानी शरणार्थी प्रकरण: काँग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

भुटानी शरणार्थी प्रकरण: काँग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा नेपाली काँग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। 

शुक्रबार जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्धविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ।

पक्राउ पूर्जी जारी हुनुपूर्व नै यो घटनाका हाइप्रोफाइल व्यक्ति पक्राउ पर्न थालेपछि शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन्। शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए। 

Skip This
Logo