सांसद गैरेकाे प्रश्न- शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउँदा के समस्या भयो ?

सांसद गैरेकाे प्रश्न- शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउँदा के समस्या भयो ?


नेकपा एमालेका सचेतक तथा सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेको काम सदनमा जानकारी गराउन माग गरेका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसद गैरेले एमालेले संथागतरुपमा यस प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारवाही होस् भनेर माग गरिसकेको अवस्थामा समेत सरकारले अनुसन्धानमा ढिला गरि आलटाल गरिरहेको भन्दै उक्त माग गरेका हुन् । 

उनले भने, ‘नक्कली शरणार्थी जस्तो जघन्य अपराधमा आज सम्म सरकारले सदनमा आएर यस्तो गरिरहेको छौँ, हामी यो गर्दै छौं भन्न के समस्या भएको छ । सरकारले अहिले पनि यस प्रकरणको अनुसन्धानमा ढिला सुस्ती गरी आलटाल गरिरहेको छ ।’

सांसद गैरेले यस प्रकरणको निष्पक्ष रुपमा छानबिन र कारवाही हुन्छ भन्ने जनतामा विश्वास हराइसकेको पनि टिप्पणी गरे । “सरकारले किन जघन्य विषयमा सदनलाई यति प्रगति भएको छ, यति काम गर्दै छौँ भनेर भन्नलाई के समस्या भयो ?,” उनले भने ।

Logo