भुटानी शरणार्थी प्रकरण रहस्यमय छः बाबुराम भट्टराई

भुटानी शरणार्थी प्रकरण रहस्यमय छः बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भुटानी शरणार्थी प्रकरण रहस्यमय बनेको टिप्पणी गरेका छन् । 

शनिवार अर्थ-राजनीतिक अन्यौलता र बिकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले भुटानी शरणार्थी प्रकरण रहस्यमय रहेको भन्दै सही छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्ने बताएका हुन् । 

उनले भने, ‘भुटानी शरणार्थी प्रकरण रहस्यमय छ । यसको सहि छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्छ । त्यसको लागि हामी सबैले आवाज उठाउनुपर्छ । साना माछा समातेर उम्कने गर्नुहुँदैन, सहि छानबिन गर्नुपर्छ । अपराधीलाई कारवाही गरौं, यो नै हाम्रो पार्टीको नीति हो, यसमा दृढतापूर्वक लाग्छौं ।’ 

उनले नेपालको आर्थिक मन्दीको कारण आन्तरिक समस्या नै रहेको दाबी गरे । अहिले देशका धेरै सहकारीहरुमा विकृति आइरहेको पनि उनको भनाइ छ  । 

Logo