एमालेका नेता रिमालले हर्कलाई ‘बौलाहा मेयर’ भनेपछि हर्कले दिए रिमाललाई भुसुनाको संज्ञा

एमालेका नेता रिमालले हर्कलाई ‘बौलाहा मेयर’ भनेपछि हर्कले दिए रिमाललाई भुसुनाको संज्ञा


नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई बौलाहा मेयर भनेका छन्।

शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका मेयर हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ भनेका थिए।

आफू लक्षित कुनै पनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काउन खप्पिस मेयर हर्कले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको रूपमा चित्रण गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’

धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए। उनले ओलीको फेसबुकमा दैनिक पचास हजार लाइक आयो भने एमालेको बहुमत हुने बताए।

Logo