बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला


यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ।

आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष  १८ का रमिता धामी र  १४ वर्षका जामती धामी बेपत्ता भएका थिए। 

आज बिहान उनीहरुको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। 

Logo