सिरहा,३, असोज
लहान नगरपालिकाको मतगणना सुरु भएको छ । २४ वटा वडा रहेको लहान नगरपालिकामा अहिले केहीबेर अघिबाट मतगणना सुरु भएको हो । मतगणना चाँडो सक्न विभिन्न पाँच वटा कोठामा पाँचवटा वडाको मतगणना एकैपटक अघि बढाइएको सहायक मतदान अधिकृत पवन गुप्ताले बताए । देशकै सबैभन्दा धेरै मतदाता रहेको नगरपालिकाका रूपमा रहेको लहान नगरपालिकामा ४७ हजार ५ सय ९५ मतदाता छन् । मतगणना शुरु भएपनि कुनै अपडेट भने आएको छैन ।
नयाँपत्रिकाबाट
प्रकाशित: ३ असोज २०७४ ०५:३९ मंगलबार