प्रधानमन्त्री ओलीबाटै देशका लागि खतरा भएको दाबीदेखि नयाँ मौद्रिक नीतिसम्म (भिडियोसहित)

प्रधानमन्त्री ओलीबाटै देशका लागि खतरा भएको दाबीदेखि नयाँ मौद्रिक नीतिसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले पद र सत्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि गर्न सक्ने बताएका छन् । शुक्रबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै नेता थापाले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीका कारण सिर्जना भएको अयोध्या विवादतर्फ लक्षित गर्दै नेता थापाले ओली मुलुकका लागि भन्दा पनि आफ्नो स्वार्थका लागि बढी केन्द्रीत भएको आरोप लगाए ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना भएकाल देशभर बाढी पहिरोको जोखिम रहेको जनाएको छ । मनसुन सुरु भएदेखि परेको पानीले पहाड र चुरे क्षेत्रको अधिकांश भू—भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको हो ।

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

त्यस्तैगरी नेकपा सचिवालय बैठक भोलि बस्ने भएको छ । स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएसँगै सचिवालय बैठक बस्न लागेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति जुटेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैठले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको जानकारी दिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo