प्रधानमन्त्री भेटन बालुवाटार पुगे रेशम चौधरी

प्रधानमन्त्री भेटन बालुवाटार पुगे रेशम चौधरी


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।

सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका रेशम उनकी श्रीमती एवं मन्त्री रञ्जिता श्रेष्ठसँग बालुवाटार पुगेका हुन्। जेलबाट रिहा भएपछि उनी मन्त्री क्वाटर पुगेका थिए।  क्वाटरबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्। चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए।

Logo