टाटाको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ मा जीपीएस जडान, मोबाइलबाटै कुन रुटमा रहेकाे हेर्न सकिने

टाटाको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ मा जीपीएस जडान, मोबाइलबाटै कुन रुटमा रहेकाे हेर्न सकिने


टाटा मोटर्सले प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’मा जीपीएस जडान गरेको छ । गत महिनादेखि काठमाडौं उपत्यकाको सडकमा गुड्न थालेको यस ट्याक्सी ‘एक्सप्रेस–टी’मा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले लोकोन्यावको जीपीएस प्रविधि जडान गरेको हो । 

जीपीएस जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराइएका कारण थप सुरक्षित हुने विश्वास गरिएको कम्पनीले जनाएको छ । ‘एक्सप्रेस–टी’ का प्रिमियम विद्युतीय ट्याक्सी धनीहरुले मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ-कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नेछन् । 

साथै ट्याक्सीको फ्लिट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउने कम्पनीले जनाएको छ । 

जीपीएस जडित गाडी सुरक्षाका साथै आकर्षक, सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस भएकाले ग्राहकहरुले पनि एक्सप्रेस–टी विद्युतीय ट्याक्सीलाई निकै रुचाएको दाबी कम्पनीको छ । 

Logo