१४ माघ २०७८ शुक्रबार

0 Shares

२९८ औं पृथ्वीजयन्ती मनाइयो

काठमाडौं ।

नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।

वि.सं. १७७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता भन्ने गरिन्छ ।

राष्ट्र निर्माता शाहको २९८ औं जन्म जयन्तीका अवसरमा आइतबार मुलकभर विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ ।

पृथ्वी जयन्तीका अवसरमा विगतमा सरकारले सार्वजनिक विदा दिने गरेपनि केही वर्षयता विदा कटौती गरेको छ । तर नागरिक स्तरबाट भने हरेकवर्ष पुष २७ गते पृथ्वीजयन्ती मनाइँदै आएको छ । त्यस्तै नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा पनि सिंहदरबार अगाडि आएर समापन गरेको छ ।

प्रकाशित: २७ पुष २०७६ १३:५२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी