भोलिदेखि प्याब्सन र एनप्याब्सनले अनलाइन पठन पाठन स्थगित गर्ने

भोलिदेखि प्याब्सन र एनप्याब्सनले अनलाइन पठन पाठन स्थगित गर्ने


काठमाडौं ।

लकडाउनको बेलामा पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका प्याब्सन र एन प्याब्सनले भोलि बिहीबारदेखि पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् । दुई संगठनको आज बसेको बैठकले पठन पाठन ठप्प पार्ने निर्णय गरेको हो ।

सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेकाले सबै पठन पाठन ठप्प पार्ने निर्णय गरेको प्याब्सनले जनाएको छ । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढाँटेको आरोप लगाउदै सबै कार्यक्रम स्थगित गरिएको ती संस्थाहरुले जनाएका हुन् । दुई संस्थाले सेन्ट जेभियर्स, बुढानिलकण्ठ लगायत शैक्षिक गुठीबाट सञ्चालन भैरहेका विद्यालयका पठनपाठन समेत ठप्प पार्ने घोषणा गरेका छन् ।

Logo