सबै दलको सहमति भए काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छः सभापति देउवा

सबै दलको सहमति भए काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छः सभापति देउवा


नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सबै राजनीतिक दलहरुमा सहमति हुृने अवस्था आए काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्थालाई स्वीकार गर्ने स्पष्ट पारेका छन् । 

शनिवार भक्तपुरमा आयोजित काँग्रेस जिल्ला सम्मेलनमा सभापति देउवाले सबै राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्न एक मत भए सो प्रणलीको लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि समय लागेपनि काँग्रेस सहमत हुने बताएका हुन् । 

उनले भने, ‘साथीहरुले उठाएको कुरा महत्वपूर्ण हो तर, पार्टीमा सबैलाई चित्त बुझाएर जानुपर्ने  अवस्था छ । त्यसकारणले समावेशी समानुपातिक रुपमा उम्मेदवारहरु प्रतिनिधिसभामा उठाउनुपर्छ भन्ने विचार उच्च हो तर,त्यसको लागि संविधानको संशोधन आवश्यक छ । त्यसको लागि दुई तिहाई बहुमत चाहिन्छ। सबै राजनीतिक दलहरुमा सहमति हुन जरुरी छ । सहमति हुन सक्यो भने यो विचार मान्य नहुने कुरा हैन् त्यसको लागि समय लाग्छ ।’

सभापति देउवाले पार्टीलाई ग्राँसरुट तहबाटै मजबुत बनाएर अगाडि बढाउनुपर्ने धारणा राख्दै अब पार्टी र प्रजातन्त्र दुबै साथमा मजबुत र स्थायी भएर जाने जिकिर गरे । 

उनले भने, ‘पार्टी जति बलिायो हुन्छ,गतिशील र सक्षम हुन्छ, जति जिल्ला स्तरमा अगाडि बढ्छ,त्यति नै देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा पुनः प्रजातन्त्रमा संकट आउँदैन् । प्रजातन्त्र स्थायीभएर जान्छ । त्यसका निम्ति भक्तपुरबाट सुरु भएको यो आन्दोलन प्रयास देशभरिनै हामी सबै लागेर जिल्ला तहमा पुगेर पार्टी र संगठनलाई बलियो बनाउन सके प्रजातन्त्र बलियो बन्छ ।’  

सभापति देउवाले सात सालबाट प्रजातन्त्रको लागि लडेको पार्टीको संगठनलाई गाउँगाउँ, घर र वडातहमा पु-याएर काँग्रेसलाई प्रमुख पार्टी बनाउने कामको सुरुवात भक्तपुरबाटै भएको र त्यसमा सबैलाई एक भएर लाग्न आग्रह समेत गरे । 

Logo